फाइल तस्बीर
गण्डकी प्रदेश लगायतका पश्चिमी क्षेत्रका केही ठाउँमा आज (शुक्रबार) ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आज (शुक्रबार) बिहान ६ बजे गरेको मौसम पूर्वानुमानमा आज (साउन १ गते, शुक्रबार) देखि पर्सि (साउन ३ गते, आइतबार) सम्म गण्डकी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने जनाइएको छ।
पश्चिमका यि क्षेत्रका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको पानी परिरहेको छ। दिउँसो पछि भने ठूलो पानी पर्ने संभावना छ ।
विभागका अनुसार मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले यहाँ लगातारजसो भारी वर्षा हुने संभावना रहेको हो।
अबको ३ दिन नै गण्डकी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको संभावना रहेको हो। यस्तै, भोलि (शनिबार) पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिमसहित प्रदेश–१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने संभावना छ।
वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको संभावना रहेको छ। यस्तै, बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






