सदस्य सचिव सिलवालसहित १० सदस्यीय ओलम्पिक टोली आज जापान जाँदै


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०७८ मा प्रकाशित




तस्बीरः नेपाल ओलम्पिक कमिटि

टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदैछ।

राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टिम लिडर रहेका सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्यनारायण श्रेष्ठ जापान जाँदैछन्।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार ५ सदस्यीय टोली जापान जानेछन्। यस्तै, साउनको १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उपमहासचिव पिताम्बर तिम्सिना जापान जानेछन्।

यसअघि, पौडीका ३ सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन्। टोकियो ओलम्पिक आउँदो ८ गतेदेखि हुँदैछ। टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २६ सदस्यीय टिमको सहभागिता रहनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।