फाइल फोटो
पौडी खेलाडी गौरीका सिंहले जापानको राजधानी टोकियोमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछिन्।
नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाउनेछन्।
सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। गौरिकाले सन् २०१६ मा रियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा सिंहले पौडीमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जितेकी थिइन्। टोकियो ओलम्पिकमा पौडीका प्रशिक्षक शंकर कार्की पनि साथमै रहनेछन्।
अन्य ४ खेलाडीले भने पहिलो पटक ओलम्पिक खेल्नेछन्। टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउनेछन्।
गौरिकाले महिला १०० सय फ्री–स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्री–स्टाइलमा, कल्पनाले महिला १० मिटर एयर–राइफल, सोनियाले महिला ४८ किलो तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





