तस्बीरः गुगलबाट
चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोकप २०२० को उत्कृष्ट गोल चुनिएको छ।
२५ वर्षीय सिकले समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो। यूइएफएले सामाजिक सञ्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट घोषित भएको जनाएको हो।
सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहार सिधै गोल भएको थियो। स्कटल्याण्डका गोलकीपर डेभिड मार्सलले त्यसलाई रोक्ने कुनै अवसर नै पाएनन्।
हालै सम्पन्न युरोकपमा उनले सर्वाधिक ५ गोल गरेका थिए। तर, समान ५ गोल गरेका क्रिस्टियानो रोनाल्डोले एसिस्टका आधारमा सर्वाधिक गोलकर्ता बने र गोल्डेन बुट पाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







