फाइल तस्बीर
पोखरा। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।उनी अचानक बिरामी भई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन्।
थप उपचारको लागि उनलाई हेलिकप्टरबाट काठमाडौ स्थित न्यूरो अस्पताल लैजाने तयारी भएको छ। स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ ।
स्वास्थ्यकर्मीले भने ‘उनी सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।मेयर जिसीको प्रेस संयोजक माधव बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारको लागि अहिले काठमाडौं लैजाने तयारी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







