पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले विभिन्न विधामा प्रदान गर्ने पुरस्कारको स्रष्टा छनौट गर्न समिति गठन गरेको छ ।
प्रतिष्ठानका मानार्थ सदस्य राम बहादुर बानियाँको संयोजकत्वमा डा. पुष्पा के.सी. भण्डारी, मदन बहादुर केसी, इन्दु भट्टराई र वरिष्ठ उपाध्यक्ष हरि बरुवाल रहेको ५ सदस्यीय समिति गठन गरेको हो ।
प्रतिष्ठानले प्रत्येक २–२ वर्षमा रु. २५,५५५ राशीको मदन चन्दा साहित्य तथा समाज सेवा पुरस्कार, रु. १०,१०१ राशीको चेक बहादुर बरुवाल लोक साहित्य पुरस्कार, र ११,१११ रुपैंया राशीको शुक्ला साहित्य बाल गौरव पुरस्कार प्रदान गर्दै आएको अध्यक्ष सुमनराज पौडेलले जानकारी दिए ।
यसअघि राष्टिय पुरस्कारवाट संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रतिष्ठानले हालै एक कार्यक्रममा सम्मान गरिसकेको छ ।
प्रतिष्ठानले साहित्यिक गतिविधिसंगै बालसाहित्यको विधालाई प्रोत्साहन दिदैं आईरहेको छ । नियमित रुपमा रचना वाचन गर्दै आएको प्रतिष्ठानले भजन चुड्कालाई पनि संरक्षण गरिरहेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २४ साउन । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ…






