मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारू हुँदै


     रासस    
     श्रावण १ गते २०७८ मा प्रकाशित




काठमाण्डौँ । निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।

आयोगको आजको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगित गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासगैँ मतादाता नमावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिने भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।