विश्वमै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोरोना महामारी सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ।

विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २ सय २३ जना रहेका छन। विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

सो विश्वविद्यालयले जुलाई १६ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।