सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित



सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन भएको छ । पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि गण्डकी प्रदेश सरकारले २५ लाख विनियोजन गरिएको सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधि तथा सामाजिक विकास विकास मन्त्री कुमार खड्काले जानकारी दिए ।

बजेट विनियोजन भएपनि प्रतिष्ठान भने गठन भइसकेको छैन । अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको मन्त्री खड्काले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । पहिलो वर्ष भएकाले बजेट कम भएको उल्लेख गर्दै उनले भनेका छन्,‘एउटा प्रतिष्ठान गठन र सञ्चालनका लागि यो रकम अत्यन्त कम भएतापनि एउटा शुभ यात्राका निम्ति बिउ पुँजी हुनसक्छ ।’

पोखरा बाटुलेचौर निवासी संगीतकार थापाको केहि वर्ष अघि निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।