पोखरा । कास्की आदर्श समाज यूएईले मादी गाउँपालिका वडा नं १ मा रहेको सोंधा गाउँका बाढी पीडितहरूलाई सहयोग हस्तान्तरण गरेको छ ।
गत जेठ ३१ गते मादी नदिमा आएको बाढीले घर जग्गा क्षत विक्षत भएका स्थानीय ८ परिवार र जोखिममा परेका अन्य ४ परिवार गरी १२ परिवारलाई सहयाेग हस्तान्तरण गरिएकाे हाे ।
शुक्रबार विशेष समारोह बीच आयोजित हस्तान्तरण कार्यक्रम अगाडी समाजका प्रतिनिधिहरूले बाढीले क्षति बनाएको स्थल अवलोकन गर्दै स्थानीय पीडितहरूकाे अवस्थाका बारेमा जानकारी लिएका थिए ।
सोंधा गाउँका स्थानिय वासिन्दा कास्की आदर्श यूएईका आजीवन सदस्य दुर्गाबहादुर गुरूङले बाढीले आफुसहित अन्य छिमेकीहरू विस्थापित भएको खबर समाजका पदाधिकारीहरूलाई दिए पश्चात् समाजको सचिवालय समिति र केन्द्रिय समितिको बैठक बसी आपतकालिन कोषबाट रू. ७५,००० निकासा गरी प्रतिपरिवार रू. ६,२५० का दरले कुल १२ परिवारलाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष एवं उक्त सहयोग हस्तान्तरण टोलिका संयोजक विजय त्रिपाठीले बताए ।
हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक सदस्य एवं वर्तमान संरक्षक ओम गुरूङको प्रमुख आथित्यता रहेको थियो भने विशेष अतिथिमा स्थानिय वडाका जन प्रतिनिधी टिकाराम गुरूङ, संस्थापक सचिव एवं वर्तमान सल्लाहकार संयोजक केदार कुँवर, दुध पोखरी युवा क्लबका अध्यक्ष टेकबहादुर गुरूङलगायतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरूङले मातृभूमिलाई दुख्दा परदेशीलाई पिरोल्छ त्यसमा पनि परिवारको सदस्यलाई आपत पर्दा हामीले सहयोग गर्नुपर्छ भन्ने भावना सबैका लागि अनुकरणीय भएको बताउँदै समाजले सहयोग जारी राखेकोमा समाज तथा आबद्ध सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
कास्की आदर्श समाज यूएईका कोषाध्यक्ष विजय त्रिपाठीको संयोजकत्वमा पुगेको सहयोग हस्तान्तरण टोलीले संचालनको गरेको उक्त कार्यक्रममा समाजको उदेश्य र महत्वका बारेमा सल्लाहकार संयोजक कुँवरले प्रष्ट पारेका थिए । भने स्थानिय क्लब अध्यक्ष र जन प्रतिनिधीले समाजप्रति धन्यवाद एवं आभार प्रकट गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







