महाकाव्यकार त्रिपाठीको ७९औं जन्मोत्सव मनाइयो


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित



हेमजा । हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको एक कार्यक्रमका बिच ७९ औं जन्मोत्सव शनिबार हेमजामा मनाइएको छ ।

कार्यक्रममा संस्थापक सचिब कोविदशरण उपाध्यायले त्रिपाठीलाई जन्मदिनको शुभकामना दिंदै प्रतिष्ठानको इतिहासको बारेमा उल्लेख गरेका थिए ।

कार्यक्रममा सल्लाहकार केसवशरण पौडेल, सल्लाहकार बसन्त बाँस्तोला, शिक्षासेवी भुवनेश्वर शर्मा, समाजसेवी तथा सञ्चारकर्मी भीमप्रसाद श्रेष्ठले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा शिव त्रिपाठीले जनार्दनशरण त्रिपाठीद्वारा रचित कविता बाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।