फाइल तस्बीर
पश्चिम युरोपमा भएको भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १७० पुगेको छ।
ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ। ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेको समाचारहरुमा उल्लेख छ।
बाढीका कयौँ नागरिक हराइरहेका छन्। उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्। जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने समाचारहरुमा जनाइएको छ। बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ। बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ।
भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन्। युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन्। विज्ञले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको संभावना बढ्दै गएको बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







