मैत्रीपूर्ण फुटबलमा रंगभेदः जर्मनीले बीचमै खेल छाड्यो


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जर्मनीको ओलम्पिक पुरुष फुटबल टोलीले रंगभेदी दुव्र्यवहार भएको भन्दै खेल सकिन ५ मिनेट बाँकी हुँदा बीचमै मैदान छाडेको छ।

होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा रक्षक २३ वर्षे जोर्डन टोरनारिघामाथि रंगभेदी दुव्र्यवहार भएका कारण नखेल्नुको विकल्प नभएको जर्मनीका प्रशिक्षक स्टेफन कुन्ट्जले बताएका छन्।

बन्द रंगशालामा १–१ को बराबरी हुँदा रोकिएको खेल पुनः खेलाइएन। होन्डुरसले गलत बुझाई भएको ट्वीटमार्फत जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।