म्याग्दीका १७ भित्री सडकहरु अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित




फाइल फोटो

लगातारको वर्षाले बाढी पहिरो आएकोले म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात संचालनमा अवरुद्ध आएको छ।

असारको सुरुवातसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन् ।

जिल्लाका बेनी–बरंजा, बेनी–पुलाचौर र बेनी–झीँ सडक अण्ड बाहेकका सबै सडक अवरुद्ध छन् ।यी ३ वटा सडकमा पनि जीपबाहेक ठूला सवारी साधनहरु संचालनमा आउन सकेका छैनन्।

पहिरोका कारण सडक साघुरिएकाले ठूला सवारी साधन संचालन हुन नसकेको हो। जिल्लाका कुनैपनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीहरुले बताउँदै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।