पश्चिमी युरोपको बाढी अपडेट: मृत्यु हुनेको संख्या १८३ पुग्यो


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पश्चिमी युरोपमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विस्तारै बाढीको स्तर कम भएसँगै उद्धारकर्ताहरुले हराएका मानिसहरुको खोजी गरिरहेका छन्।

जर्मनीको राइनल्याण्ड–प्लाटिनेट प्रान्तका एहरवीलर इलाका बाढीबाट सबैभन्दा प्रभावित भएको छ। त्यहाँ ११० भन्दा धेरै मानिसको मृत्यु भएको छ, यो आँकडा बढ्न सक्ने स्थानीय प्रशासनको आशंका छ।

जर्मनीको सबैभन्दा घना बस्ती रहेको नर्थ राइन–वेस्टफालिया प्रान्तमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ। जर्मनीपछि बेल्जियम पनि बाढीको कारण निकै प्रभावित बनेको छ। बेल्जियममा अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।