काठमाण्डौ–नयाँ दिल्ली, अब हप्तामा ६ उडान


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

नेपाल र भारतबीच भएको एयर बबलबीच काठमाण्डौ–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने सम्झौता गरिएको छ।

यसअघि नयाँ दिल्लीमा हप्ताको २ उडान हुँदै आएकोमा अब ६ उडान हुने भएको हो।

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान संख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमले जनाएको छ। निगमका अनुसार अब नयाँ दिल्लीमा काठमाण्डौबाट सोमवार, बुधवार र शनिवार निगमको जहाजले उडान भर्नेछ।

यसअघि, २ उडान कायम रहेका बेला निगमले बुधवार र भारतको एयर इन्डियाले शुक्रवार उडान भर्दै आएको थियो। अहिले दुवै एयरलाइन्सले समान ३ उडान पाएका हुन्। यात्रुको सहजतालाई ध्यानमा राखेर एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने वार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।