महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित



तस्बीरः एन्फा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि सोमबारदेखि प्रशिक्षण सुरु गरेको हो।

बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ। तीमध्ये अन्जना रानामगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत र अनिता केसीलाई बन्द प्रशिक्षणमा छन्।

यस्तै, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गामगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिर्सिङ, शर्मिला थापा र इन्द्रा राई बन्द प्रशिक्षणका लागि छनोट परेका हुन्।

यसैगरी, विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुँवर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी रानामगर र चुम्लुङमा राईलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको एन्फाले जनाएको छ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ। एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ। समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।