रोहन र बिनाको ‘क्या बबाल’ सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित



पोखरा । कलाकारद्वय रोहन नेपाली र बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक गरिएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण भएको गीतलाई खालिङले नै लेखेका हुन् । स्वर भने सुभाष ढुङ्गानाको छ ।

चर्चित संगीतकार हरि लम्सालले संगीत भरेको उक्त गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् । भिडियोमा सरस्वती श्रेष्ठको शृङ्गार छ । सौरभ लामाले खिचेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडियोमा कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । बिना राउत टिकटकबाट आएकी कलाकार हुन् भने रोहन पोखराबाट संघर्ष गरिरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।