मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मंगलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।
उनलाई २ व्यक्तिले आक्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले बताएको छ। आक्रमणकारी २ व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय संचारमाध्यमले जनाएका छन्।
अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो। एक संचारकर्मीका अनुसार गोइतालाई घटनास्थलबाट अन्यत्र जाने व्यवस्था मिलाइएको छ। उनी घाइते भएको वा नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन।
राष्ट्रपति कार्यालयका एक अधिकारीले गोइत ‘सुरक्षित र सकुशल’ रहेकोा पुष्टि गरेका छन्। गोइतालाई राजधानीबाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ। उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ।
धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको बताए। राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको बताइएको छ।
एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा उद्योग वाणिज्य संघको मतगणना अन्तर्गत पदाधिकारीको मतगणना शुरु भएको छ ।…





