क्वारेन्टीन सकेर नेपाली खेलाडीहरु ओलम्पिक भिलेजमा प्रवेश


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित




टोकियो पुगेकी जुडो खेलाडी सोनिया विष्टले ३ दिनको क्वारेन्टिनको समय सकेर हिँजो (बुधबार) बाट प्रशिक्षण सुरु गरेकी छन्।

आसन्न टोकियो ओलम्पिकका लागि ३ दिन अगाडी जापान पुगेको जुडो टिमले प्रशिक्षण सुरु गरेको हो। निर्धारित क्वारेन्टीन नेपाली खेलाडी ओलम्पिक भिलजेमा प्रवेश गरेका छन्।

अहिले टोकियो ओलम्पिकका लागि ३ खेलका ४ जना नेपाली खेलाडीहरु भिलेजमा छन्। हिँजै नेपालका ‘सेभ दी मिसन’ रमेशकुमार सिलवालले बैठकमा सहभागी जनाएका छन्। उनी भौतिक रुपमा पहिलो पटक सीएमडी बैठकमा सहभागी भएका हुन्।

यसअघि, उनले भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउँदै आएका थिए। ओलम्पिकका लागि एथ्लेटिक्सकी सरस्वती चौधरी जुलाई २४ मा टोकियो जानेछिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।