सन्दीपले गुमाउँदै ‘दी हन्ड्रेड’ क्रिकेट


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित



नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाको समस्याका कारण ‘दी हन्ड्रेड’ गुमाउने भएका छन्।

इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि भिसाको समस्या हुँदा उनले पूरै प्रतियोगिता गुमाउने भएका हुन्।

सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेलको लागि अनुमति नपाएकाले उनी प्रतियोगिताबाट बाहिरिएका हुन्। १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ। भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट समेत गुमाएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।