सिद्धार्थ क्लब पोखराद्वारा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित




पोखरा । सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३७ औँ बार्षिकोत्सबको उपलक्ष्यमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।


क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गत १४ वटा सरकारी तथा सामुदायिक विद्यालयका ३५ जना छात्रछात्रालाई कापी, कलम लगायतको स्टेसनरी सामग्रीसहित चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरालगायतका खाद्यसामग्री एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।

क्लबका अध्यक्ष पार्वती माकाजूको सभाध्यक्षतामा क्लब परिसर सिद्धार्थचोकमा सम्पन्न कार्यक्रममा आफनो मन्तव्य राख्दै सभाध्यक्ष माकाजूले क्लबको ३७ औँ बार्षिकोत्सबको उपलक्ष्यमा आयोजित कार्यक्रमले विद्यार्थीहरुको पठन पाठन तथा दैनिक जिवन यापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।