नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले प्रदेश सरकारमा सहभागि हुने सबै मन्त्रीको टुंगो लगाएको छ । मन्त्रीमण्डल गठन भएकै दिन एक मन्त्री पठाएको माओवादी केन्द्रले विहीबार थप ३ मन्त्रीको नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रले कास्कीका रामजीप्रसाद बरालको नेतृत्वमा प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेको छ । बरालले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एकको जिम्मेवारी सम्हाल्ने माओवादी स्रोतले जनाएको छ । यसैगरी स्याङ्जाका दीपक चर्तिमगर र बाग्लुङका चन्द्रबहादुर बुढालाईपनि माओवादीका तर्फबाट मन्त्री बनाउने निर्णय भएको बताइएको छ ।
चर्तिमगरले कृषि मन्त्रालय र बुढाले वन तथा वातावरणको जिम्मेवारी प्राप्त गर्ने बुझिएको छ । यसअघी माओवादीका मधु अधिकारी स्वास्थ्यमन्त्री नियुक्त भइसकेकी छन् ।
विहीबार साँझ सरकारको नेतृत्व गरेको नेपाली काँग्रेर माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको बताइएको छ । काँग्रेसका तर्फबाट मन्त्री बन्नेहरुबारे छलफल चलिरहेको सो पार्टीले जनाएको छ । मन्त्रीहरुको शपथ शुक्रबार हुने बुझिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य…







