तस्बीरः एजेन्सी
एसियाली विकास बैंक (एडीबी) ले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई झण्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ।
कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गर्न लागिएको मनिलास्थित एडीबीको प्रधान कार्यालयले जनाएको छ।
बैंकका अध्यक्ष मासाटुगु आशाकावाले कोरोनापछि थलिएको नेपालको अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकको जीवन रक्षाको लागि झण्डै २० अर्ब रुपैयाँ ऋण प्रदान गर्न लागिएको जानकारी दिएका छन्। एडीबीको यो ऋणबाट ६८ लाख नेपालीलाई पुग्नेगरी खोप खरिद गर्न सकिनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







