फाइल फोटो
विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदैछ।
विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो।
कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ।
ओलम्पिकका केही खेलहरु २ दिनअघि नै सुरु भइसकेका छन्। तर, औपचारिक उद्घाटन भने नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिहंले बोक्नेछिन्।
नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन्।
गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।
सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।
ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगिसकेका छन्।
उद्घाटनअघि नै ८ खेलाडीमा कोरोना पुष्टि
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने ८ खेलाडीलाई कोभिड–१९ पुष्टि भएको छ। बिहीबार एकैदिन थप २ खेलाडीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार कोरोना पुष्टि हुने खेलाडीमा डच स्केटबोर्डर क्यान्डी ज्याकोव र चेक रिपब्लिकका टेबलटेनिस खेलाडी पावेल सिरुसेक छन्।
टोकियोको ओलम्पिक भिलेजभित्र रहेका ४ जना र बाहिरका ८ जना गरी कुल १२ जनालाई संक्रमण भएको छ। योसँगै टोकियोमा खेलसँग सम्बन्धित कूल ८७ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोना महामारीका कारण उद्घाटन सत्रमा दर्शकलाई निषेध गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







