एमाले सरकारमा निल बनेको कास्कीले पायो ३ मन्त्री


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित




अघिल्लो सरकारमा निल बनेको गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाले यसपटक भने ३ वटा मन्त्री पाएको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको एमाले सरकारले कास्कीबाट कसैलाई पनि मन्त्री नबनाउँदा त्यसको ठूलो आलोचना भएको थियो । आलोचनापछि तत्कालीन मुख्यमन्त्री गुरुङले कास्कीबाट मन्त्री बनाउने सोंच बनाएपनि आफूले नरुचाएका एमाले सांसद कृष्ण थापाको नाम आएपछि उनी ब्याक भएका थिए । आफू मुख्यमन्त्री बन्ने बेला असहयोग गरेको भन्दै उनले कृष्ण थापालाई मन्त्री बनाउनु भन्दा बरु मन्त्री परिषद नै बिस्तार नगर्ने अडान लिए । ओली निकट थापालाई मन्त्री बनाउन पार्टी पंक्ति र स्वयम् एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दवाब दिदापनि उनी टसकोमस भएनन् ।

तर कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भने कास्कीले ३ मन्त्री पाएको छ । कास्कीले नेपाली कांग्रेसका कुमार खड्का र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजीप्रसाद बराललाई मन्त्रीको रुपमा पाएको हो । माओवादी केन्द्रका बराल कास्की क्षेत्र नम्बर ३ (क) तथा कांग्रेसका थापा कास्की क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् भने कांग्रेसका खड्का समानुपातिक सांसद हुन् । कास्कीले ३ मन्त्री पाएपछि कास्केली जनता खुशी भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।