टोकियो ओलम्पिकः कल्पनाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा शनिबार बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा कल्पनाले ६१६.८ स्कोर बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

हिँजो (शुक्रबार)देखि औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। आजै बिहान जुडोकी सोनिया भट्टले पनि रसियाली खेलाडी डोल्गोभा इरिनासँग ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।