अष्ट्रेलियाको संघीय राजधानीमा संकटकाल घोषणा


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ।

कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै संक्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ। प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेशभित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गरेका थिए।

राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ। लकडाउन हुँदाहुँदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।