इक्वेडर जेलमा २ कैदी समुहबीच झडप हुँदा २२ को मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

दक्षिण अमेरिकी मुलुक इक्वेडरका २ जेलमा बिहीबार कैदीबीच झडप हुँदा २२ जना मारिएका छन्।

मृतक सबै कैदी हुन् भने कयौँ प्रहरी पनि घाइते भएका छन्। इक्वेडरको राजधानी किटोभन्दा दक्षिणमा रहेका गुएयाज र कोटोपासी प्रान्तका जेलमा झडप भएका हो।

गत फ्रेबुअरीमा पनि इक्वेडरका ३ जेलमा झडप भएका थियो। जसमा परी ७९ ले ज्यान गुमाएका थिए। त्यसबखत झडप भएका जेलहरूमध्ये २ गुएयाज र कोटोपासी प्रान्तमै रहेका थिए। इक्वेडरमा पटक पटक ‘राइभल ग्याङ’ हरूबीच झडप हुने गरेको छ। यसपटक पनि २ फरक समूह भिडेको बताइएको छ।

‘माफियाहरूले यो देशलाई नियन्त्रणमा राख्न सक्दैनन्। उनीहरू यदि यस्तो साँेच्छन्, त्यो भ्रममा मात्र हो। अहिलेको सरकार पहिलाको जस्ता कमजोर छैन,’ राष्ट्रपति गुईलेर्मो लासोले भनेका छन्।

उनले मुलुकभरका सबै जेलमा संकटकाल लगाएका छन्। इक्वेडरका गृहमन्त्री अलेक्जेन्ड्रा भेलाले झडपमा संलग्न ७८ कैदीलाई नियन्त्रणमा लिएको जनाएका छन्। उनले घाइते भएका ४१ कैदी र ५ प्रहरीको उद्धार गरिएको पनि जानकारी दिएका छन्।

रोयटर्स


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।