गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकीका जनताको जीवनस्तर उकास्नेगरी काम गर्ने बताएका छन् । सराङ्कोटमा निर्माण गरिएको गणेश मन्दिरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकीको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने बताएका हुन् ।
हिजो विकास र समृद्धि नारामा मात्र सिमित भयो,उनले भने,‘म अर्थमन्त्री भएर आएसँगै विकास र समृद्धिका लागि ठूलो अवसर प्राप्त भएको छ, यसको आधार निर्माण गर्दै गण्डकीका जनताको जीवनस्तर उकास्ने खालका योजना र कार्यक्रम ल्याउँछु ।’ तर यो जिम्मेवारी सबैको साझा भएको बताए । ‘प्राविधिक रुपमा अर्थमन्त्रीको जिम्मेवारी मैले पाएँ, मत एउटा निमित्त मात्र हुँ, यो जिम्मेवारी सम्पूर्ण गण्डकीबासीको जिम्मेवारी हो र यसलाई सफल बनाउने जिम्मेवारीपनि हामी सबैको हो’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





