गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

गण्डकी प्रदेशको केही एक/दुई स्थानमा आज (आइतबार) भारी वर्षाको संभावना छ।

गण्डकी प्रदेश र प्रदेश १ को केही एक/दुई स्थानमा आज भारी संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

विभागका अनुसार आज (आइतबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश १ को केही एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी प्रदेश लगायत प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ।

हल्कादेखि मध्यम तथा भारी वर्षाको संभावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।