पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा. महेश्वर ढकाल, महाशाखा प्रमूख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहणसँगै उनले दुइ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।
त्यसलगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ’, उनले भने, ‘सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






