तस्बीरः गुगलबाट
दक्षिण एशियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई साफ च्याम्पियनसीप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ।
नेपालमा आगामी अक्टोबरमा १३ औँ संस्करणको साफ च्याम्पियनसीप गर्न एन्फालाई महासंघले पत्र पठाएको हो।
साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनसीप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ। यसअघि नेपालले साफ च्याम्पियनसीपका लागि महासंघलाई प्रस्ताव पठाएको थियो।
बंगलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनसीप कोरोना महामारीका कारण हुन सकेको थिएन। बंगलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले ईच्छा देखाएको थियो।
नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनसीप आयोजना गरिसकेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







