फाइल तस्बीर
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
आइसीसीले आइतबार अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।
टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ। यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्याण्ड भन्दा अघि रहेको छ।
नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो। टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन्।
चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ। नेपाल एकदिवसीय वरीयतामा भने १६ औं स्थानमै यथावत रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







