तालिबानलाई सहर पस्नबाट रोक्न अफगानिस्तानमा कर्फ्यू जारी


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अफगानिस्तान सरकारले तालिबानको आक्रामकतालाई ध्यानमा राख्दै लगभग पूरै अफगानिस्तानमा कर्फ्यू लागू गरेको छ।

यसको उद्देश्य तीव्र गतिमा अघि बढिरहेको तालिबान लडाकुहरूलाई सहरमा पस्नबाट रोक्नु हो।

काबुलसमेत दुई अन्य प्रान्त छाडेर अफगानिस्तानमा राति १० बजेदेखि लिएर बिहान ४ बजेसम्म कुनै प्रकारको आवागमनलाई बन्देज लगाइएको छ। अमेरिकी र नेटोका सेना फिर्ता हुन थालेपछि पछिल्लो २ महिनामा तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सुरु गरेको छ।तालिबानले अहिलेसम्म आधा अफगानिस्तानमा कब्जा जमाइसकेको बताइन्छ।

स्पिन बोल्डान इलाकादेखि लिएर कयौँ जिल्लामा दुई पक्षबीच लगातार भिडन्त जारी रहेको छ। केही समयअघि सो क्षेत्रमा पुलिज्तर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको थियो। यसपछि काबुलस्थित भारतीय दूतावासले एक पटक फेरि अफगानिस्तानमा रहेका भारतीयहरूका लागि नयाँ चेतावनी जारी गरेको थियो।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।