पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ अमिनतरास्थित सेती नदी किनार (ढुंगाको खोंच)मा अन्दाजी २५÷३० वर्षकीजस्तो देखिने महिला मृत अवस्थामा फेला परेकी हुन् ।
मृतक महिलाको पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । महिलाको शव फेला परेको खबर पाएलगत्तै गएको बगर प्रहरीले विशेषज्ञ टोलीको सहायतामा शवको उद्धार गरेको प्रहरीले बताएको छ ।
मृतक महिलाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







