त्यागी नेता शेरचनलाई गण्डकी प्रदेश प्रमुख बनाउन माओवादीद्वारा सिफारिस


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई बनाउन सिफारिस गरेको छ । माओवादी केन्द्रको आज बसेको बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शेरचन यसअघी पनि गण्डकी प्रदेश प्रमुख बनेका थिए । उनलाई केपी ओली नेतृत्वको एमाले सरकारले कार्यकाल पूरा नभई हटाएको थियो । शेरचनलाई हटाएर ओलीले आफू निकट सीता पौडेललाई प्रदेश प्रमुख बनाएको छ । संवैधानिक रुपमा तटस्थ बस्नुपर्ने जिम्मेवारीमा रहेकी प्रमुख पौडेलले सपथ लिएर कार्यभार सम्हालेलगत्तै सभामुखलाई हटाउनुपर्ने भनी अभिव्यक्ति दिएपछि आलोचना खेप्नु परेको थियो ।

सरकारले निर्णय गरेर राष्ट्रपतिले तोक लगाएपछि उनी प्रदेश प्रमुखमा नियुक्त हुनेछन् ।

प्रदेश प्रमुखमा सिफारिस भएका शेरचन सादगी र त्यागी नेताका रुपमा परिचित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।