काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






