फाइल तस्बीर
गण्डकी प्रदेशका विभिन्न स्थानमा आज (शनिबार) दिउँसो भारी वर्षा हुने संभावना छ।
विशेष गरी गण्डकी प्रदेश लगायत वाग्मती, लुम्बिनी प्रदेश र प्रदेश–१ का विभिन्न ठाउँमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी ठाउँको मौसम सामान्य बद्ली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि यस प्रदेशसँगै वाग्मती, प्रदेश–१, र लुम्बिनी प्रदेशसँगै देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना छ।
हाल, नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक÷दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
भोली (आइतबार) पनि दिउँसो गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने संभावना छ। विशेष गरी गण्डकी प्रदेश लगायत वाग्मती, लुम्बिनी प्रदेश र प्रदेश–१ का विभिन्न ठाउँमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
भोली राति पनि यस प्रदेश लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। भोली राति गण्डकी प्रदेश लगायत प्रदेश १, बागमती, लुम्बिनी र सुदुर
पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको बुलेटिनमा उल्लेख छ।
बुलेटिनमा उल्लेख भए अनुसार पर्सि सोमबार पनि गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने संभावना छ। विशेष गरी गण्डकी प्रदेश लगायत वाग्मती, लुम्बिनी प्रदेश र प्रदेश–१ का विभिन्न ठाउँमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
पर्सि राति पनि यस प्रदेश लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। भोली राति गण्डकी प्रदेश लगायत प्रदेश १, बागमती, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको बुलेटिनमा उल्लेख छ।
गण्डकी प्रदेश लगायत प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
राति ठूलो पानी पर्ने र दिउँसो घाम चर्कने
केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ। जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको हो ।
दिउँसो तातेको हावा बेलुकीपछि बिस्तारै चिसो हुँदै जाने र बाफ बन्ने गर्छ। त्यही बाफ पानीका रुपमा परिणत भएर वर्षा हुने गरेको हो। कहिलेकाहीँ रातिको समयमा पानी पार्ने कुनै प्रणाली भित्रने र बिहान बाहिरिने भएकाले बिहान र दिउँसो मौसम सफा हुने र राति एक्कासी पानी पर्ने गर्छ।
यो स्वाभाविक प्रक्रिया हो। तर, अहिले नेपालमा बिहानीपख बाहिरिने र बेलुकातिर भित्रने प्रणाली नभए पनि भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसो पनि देशका विभिन्न ठाउँमा पानी पर्ने गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






