टोकियो ओलम्पिकः दक्षिण कोरियाकी आन सानले ३ स्वर्ण जितिन्


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानको राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा दक्षिण कोरियाकी आन सानले ३ स्वर्ण पदक जितेकी छन्।

ओलम्पिकमा दक्षिण कोरियाका लागि ३ स्वर्ण पदक जित्नेमध्ये आन सान पहिलो खेलाडी समेत बनेकी छिन्।

सानले आर्चरीको महिला एकल, महिला टिम र मिक्स टिममा स्वर्ण पदक जितेकी हुन्।
उनले महिला एकलमा रुसकी एलिना ओसिपोरालाई ६–५ ले हराउँदै स्वर्ण पदक जितेकी हुन्।

यस स्पर्धामा दक्षिण कोरियाले पछिल्लो दशमध्ये ९ ओलम्पिकमा स्वर्ण पदक जितेको छ। इटालीले लुसिला बोएरीले काँस्य पदक जितिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।