पोखरा । सूर्यचन्द्र विकास समाजको प्रवन्ध समितिको अध्यक्षमा कृष्ण प्रसाद बराल चयन भएका छन् । समाजको २८ औं साधारण सभा एवम् १४ औं अधिवेशनले बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा कमला गौतम, महासचिवमा सावित्री कोइराला, सचिवमा हेमराज भण्डारी, कोषाध्यक्षमा दीपक बराल र सदस्यहरुमा महेश्वर बराल, सृजना शाह, कल्पना क्षेत्री, कमला सुनार र बिमल श्रेष्ठ रहेका छन् । यस्तै अधिवेशनले गायत्री कुमारी भूत्र्याललाई कार्यकारी निर्देशकमा, केदारप्रसाद कोइरालालाई पदेन सदस्यमा चयन गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपाली प्रमुख अतिथि रहेको साधारणसभाको अध्यक्षता समाजका निवर्तमान अध्यक्ष केदारप्रसाद कोइरालाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
नयाँ प्रवन्ध समितिले आजै पहिलो बैठक बसी निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







