नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ गण्डकी अध्यक्षमा पुन


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित




नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ गण्डकीको अध्यक्षमा विष्णु पुन चयन भएका छन् । संघको शनिबार सम्पन्न भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा मनोज खड्का, चार उपाध्यक्षहरुमा तारा शर्मा, शान्तासिंह बस्नेत, खेम गुरुङ र हरीराज जोशी चयन भएका छन् भने महासचिवमा सन्दीप कोइराला चयन भएका छन् ।

यसैगरी संघको सचिवमा विष्णु पोखरेल र कोषाध्यक्षमा पुरुषोत्तम पौडेल चयन भएको संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।