अमेरिकाको मशल एण्ड फिटनेश म्यागजिनले आयोजना गर्ने मिस्टर हेल्थ एण्ड फिटनेस अमेरिकाको उत्कृष्ट आठमा नेपालका उत्सव सिंह छनौट भएका छन् । अमेरिकाको चर्चित सो पत्रिकाको कभर पेजमा फोटो छपाउनुका साथै २० हजार डलरसमेत जित्ने दौडमा बुटवलका सिंह रहेका हुन् । उत्कृष्ट आठ मध्येबाट सबैभन्दा धेरै भोट ल्याउने एक बिजेता बन्ने बताइएको छ ।
अमेरिकाको टेक्ससमा वस्दै आएका शारिरिक सुगठनका खेलाडी उत्सव सिंह सेमिफाइनलको नतिजाबाट फाइनल चरणमा प्रवेश गर्न सफल भएका हुन् । उक्त पत्रिकाको मुख्य पृष्ठमा कभर फोटो प्रकाशित भए नगद २० हजार अमेरिकी डलर प्राप्त गर्ने सिहं जिताउ अभियानका अभियन्ता बिनोद कायस्थले जानकारी दिए । उनले सन् २०१९ मा अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न क्यापिटल प्रिक्स प्रतियोगितामा आफनो तौल समुहमा पहिलो पटक स्वर्ण पदक जितेका थिए । शारीरिक सुगठनमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडीमा उनले नाम समेत लेखाए भने चर्चित म्याग्जिन पत्रिका ‘फिचर्ड मसल एण्ड फिटनेस’ नामक पत्रिकामा उत्सवले ८ जना प्रतिष्पर्धीमा समेत आफुलाई उभ्याए ।
बुटवल स्थायी घर भएका उत्सवलाई भोटिंग गर्न अभियन्ता कायस्थले सबै नेपालीसंग आग्रह गरेका छन् । पोखरामा शनिबार पत्रकार सम्मेलन गरेर एउटा नेपालीले आफनो खर्चमा यति ठूलो सफलता प्राप्त गरेको भन्दै उनलाई भोटिंग गरेर सहयोग गर्न आग्रह गरे । भोटिंगका लागि शनिबार सहित ६ दिनको समय रहेको छ । जुलाई ३० देखि अगस्त ५ अर्थात २०७८ साउन २१ गतेसम् भोटिंग खुल्ला रहने उनले जानकारी दिए । उत्सवलाई जिताउन तलको लिंंकमा क्लिक गरेर भोटिङ गर्न सकिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







