आरोग्यमको वृक्षरोपण शुक्रराजमा


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित




पोखरा । लायन्स क्लव अफ पोखरा आरोग्यमले पोखराको शुक्रराज माध्यमिक विद्यालयमा शनिबार वृक्षरोपण गरेको छ ।

क्लवले वार्षिक कार्यक्रम अन्र्तगत पोखरा–२२ पुम्दिभुम्दीमा अवस्थित शुक्रराज माविमा विभिन्न प्रजातिका विरुवा रोपेको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको क्लस्टर प्रमुख मधुसुदन कोइरालाले उद्घाटन गर्दै रोपिएका विरुवालाई संरक्षण गर्न उनले आग्रह गरे ।

यस्तै जीएलटी कोर्डिनर डा. विष्णुप्रसाद चापागाईं, विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा पूर्व प्रमुख जिल्ला अधिकारी नरहरी बराल, विद्यालयका प्रधाध्यापक नरनाथ बराल, क्लवका कोषाध्यक्ष नवराज गिरी लगायतले बोलेका थिए । क्लवले विद्यालय हाताभित्र धुपी, निम, अशोका लगायतका विरुवा रोपेको संयोजक श्रेष्ठले जानकारी दिए ।

क्लवका अध्यक्ष रुद्रप्रसाद शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव किशोर पाण्डेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।