विभिन्न पार्टी परित्याग गरि १५५ जना राष्ट्रीय यूवा संघ नेपालमा प्रवेश


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा आइतबार दर्जनौ यूवाहरु नेकपा एमालेको यूवा संगठन राष्ट्रीय यूवा संघ नेपालमा प्रवेश गरेका छन् ।

संघको गण्डकी प्रदेश कमिटिको आयोजना गरेको बिशेष कार्यक्रममा पोखरा महानगरका वडा न १२, १५, ३२ का १५५ जना यूवाहरु नेपाली कांग्रेसको तरुण दल र नेकपा माओबादी केन्द्रको वाई सी एल नेपाल लगायत विभिन्न पार्टी परित्याग गरि सो संघमा प्रवेश गरेका हुन

नवप्रवेशी युवाहरुको समुहलाई युवा संघका पूर्व केन्द्रीय अध्यक्ष एबम गण्डकी प्रदेशका सांसद राजिब पहारीले स्वागत गरेका थिए ।

स्वागत गर्दै सांसद पहारिले युबाहरु राष्ट्रका पहरेदार संगै बिकासका अभिन्न सारथि भएको भन्दै यूवाहरुलाई विभिन्न उत्पादनमुलक काममा लगाउन आफुहरु र यूवासंघ सधै लागिपरेको बताए ।

जब जब देशको स्वाधिनता र स्वाभिमानमा धावा बोल्ने काम शुरु हुन्छ तब यूवासंघ सो को विरुद्धमा मैदानमा उत्रीएको भन्दै मातृभूमिको सार्बभौमताको रक्षाको लागि सम्पूर्ण युवाहरु यूवा संघमा समाहित हुन आग्रह गरे ।

उनले जनताको मतबाट निर्बाचित सरकारलाई हटाएर बर्तमान सरकार परमादेशाबाट आएकोले देउवा सरकारबाट जनताले केहि आशा नगरेको भन्दै आफ्नै भनिएका सांसदहरुको घात क्षमा योग्य नभएको बताए । पहारीले जनताको सच्चा प्रतिनिधि र बिकाशको हिमायती नेकपा एमाले प्रमाणित भैसकेको भन्दै पार्टीको काम संगै उत्पादनको क्षेत्रमा निरन्तर लाग्न युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा संघका केन्द्रीय सचिब तथा गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बिरोधीहरुले जतिसुकै भ्रम फैलाएपानी सच्चा जनाताको सेवक युबा संघ र एमाले भएको भन्दै नबप्रबेशी युबाहरुलाई उचित जिम्मेबारी आजबाट नै प्रदान गरिने बताए ।

अब युबा संघमा यूवाहरुको प्रवेशको शुरुवाती भएको भन्दै यो तिब्रताका साथ अघिबढ्ने दाबि गर्दै आउने निर्बाचनमा नेकपा एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाएर बिकासको फड्को मार्ने काम तमाम यूवाहरुले सम्पन्न गर्नु पर्ने उल्लेख गरे ।

संघका केन्द्रीय सदस्य तथा कास्कीका अध्यक्ष पान बहादुर जी सी गर्विलो संघमा युवाहरुलाई समाहित गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताउदै यूवाहरु परिवर्तनका सारथी मात्रै नभई विकासले देशको मुहार फेर्ने अभियन्ता भएको बताए ।

अध्यक्ष महेन्द्र गुरुंगको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन केन्द्रीय सचिबालय सदस्य तथा गण्डकी प्रदेशका कोषाध्यक्ष डिल्लीराम सुबेदीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।