पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरी इकाई समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेश सरकारका मन्त्री समक्ष भरतपोखरीमा आवश्यक विकासका योजनाबारे ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस पोखरा–३३ इकाई समितिको संयोजनमा काँग्रेस नेता एवम् अगुवा कार्यकर्ता सहितको टोलीले मुख्यमन्त्री पोखरेल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै भेटी भरतपोखरी क्षेत्रमा सडक कालोपत्रे, स्तरोन्नति, खानेपानी, सामूदायिक भवन निर्माण, सिंचाई, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, जेष्ठ नागरिक लगायतका क्षेत्रमा गर्नै पर्ने अत्यावश्यक कामबारे ध्यानाकर्षण गराइएको हो ।
भेटमा मुख्यमन्त्री तथा मन्त्रीहरूले काँग्रेस भरतपोखरी इकाईका तर्फबाट उठाइएका विषयलाई गम्भीरताका साथ लिदै उचित सम्बोधनका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।
भेटमा वडा इकाई समितिका सभापति रामचन्द्र पौडेल, महासमिति सदस्य केशरप्रसाद निर्दोर्षी, पूर्व जिल्ला सदस्य विष्णुप्रसाद पौडेल, इकाई सह सभापति दीनेश आचार्य लगायतले भरतपोखरी क्षेत्रका जनताको अपेक्षा अनुरुप विकास निर्माणका कामलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
उक्त अवसरमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







