तस्बीरः रोयटर्स
अस्ट्रेलियाली पौडीबाज एम्मा म्याककियनले एउटै ओलम्पिक प्रतियोगितामा ७ वटा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन्।
उनले एकै ओलम्पिक संस्करणमा ७ पदक हात पार्ने पहिलो पौडीबाजको रुपमा आफ्नो नाम दर्ता गरेकी छिन् ।
आइतबार थप २ स्वर्ण पदक जित्दै उनले सो कीर्तिमान बनाउन सफल भएकी हुन्।
स्वीमिङ प्रतियोगिताको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल जितेपछि उनले अस्ट्रेलियालाई ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण दिलाइन्।
२७ वर्षीय म्याककियनले टोकियो ओलम्पिकमा ४ वटा स्वर्ण पदक जित्न सफल रहिन्। यसमध्ये म्याककियनले २ व्यक्तिगत र २ स्वर्ण पदक समूहगत जितेकी हुन्।
त्यस्तै १०० मिटर बटरफ्लाइ, चार गुणा २०० मिटर फ्रिस्टायल रिले र चार गुणा १०० मिटर मिक्सड रिलेमा कास्य पदक जित्न सफल भइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







