टोकियो ओलम्पिक : २९ स्वर्ण सहित चीनको अग्रता कायमै


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित




तस्बीरः एएफपी

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ।

टोकियोमा जारी ओलम्पिकको दशौँ दिनको खेल सकिदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन्।

ओलम्पिकको दशौँ दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो।

चीनले २९ स्वर्ण पदकसहित कुल ६२ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण पदकसहित कुल ६४ पदक जितेको छ। तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३३ पदक जितेको छ।

अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १२ स्वर्णसहित कुल ५० पदक जितेर पाँचौं स्थानमा रहेको छ। यस्तै, ग्रेट ब्रिटेनले ११ स्वर्ण जित्दा फ्रान्स, जर्मनी र दक्षिण कोरियाले ५/५ स्वर्ण जितेको छ।

नेदरल्यान्ड्सले ५ स्वर्ण जित्दा इटाली, चेक रिपब्लिक र न्युजिल्याण्डले ४/४ स्वर्ण पदक जितेको छ। क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ। २ स्वर्ण जित्ने राष्ट्रमा क्युवा, डेनमार्क, चाईनिज ताइपे, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया रहेको छ । त्यस्तै ३१ राष्ट्रले १/१ स्वर्ण पटक जितेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।