मेयर जिसी अस्पतालबाट डिस्चार्ज


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



पोखरा महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भई काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसीलाई अस्पतालका चिकित्सक, नर्सलगायतले माला र खादा लगाएर पूर्ण स्वास्थ्य लाभको कामना गर्दै बिदाई गरेका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपनि मेयर जिसी चिकित्सकको निगरानीमै रहनेछन् । सोहि कारण मेयर जिसीलाई उनको छोरीको घर बुढानिलकण्ठमा राखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार त्यहाँ स्वास्थ्यकर्मीको एक टोली चौविसै घण्टा खटिनेछन् । त्यहाँ दैनिक रुपमा मेयर जिसीलाई थेरापी गरिने उनले बताए ।

मेयर जिसीलाई केहि दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । मेयर जिसीको सचिवालय श्रोतका अनुसार उनलाई बाहिरबाट गएका आफन्त तथा शुभचिन्तकलगायत कोहिसँगपनि भेटवार्ता नगर्न भनिएको छ ।

नेपालको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाका मेयर जिसीलाई साउन १ गते विहान ४ बजे मष्तिस्कघात भएको थियो । शुरुमा मेडिप्लस अस्पतालमा लगिएको उनलाई मणिपाल शिक्षण अस्पतालहुँदै हेलीकोप्टरमार्फत काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल पु¥याइएको थियो । त्यहाँ उनको शल्यकृया गरिएको थियो । उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।