आजको मितिबाट ४१ राजनीतिक दलको दर्ता खारेज

- कुन कुन दलको दर्ता खारेज हुँदैछ ? (हेर्नुहोस)


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



फाइल तस्बीर

निर्वाचन आयोगले लगातार ३ वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता आज (बुधबार) बाट खारेज गरेको छ।

आयोगको हिँजो (मंगलबार) बसेको बैठकले यही साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो।

आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ।

जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरू दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरू दलको पदाधिकारी बन्न नपाउने आयोगले जनाएको छ।

आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरूको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ।

कुन कुन दलको दर्ता खारेज हुँदैछ ? (हेर्नुहोस)

राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय–व्ययको हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।